३१ जेष्ठ २०८३, आइतबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर आइतबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ ४१ पैसा र बिक्री दर १३३ रुपैयाँ ०१ पैसा कायम छ ।

त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ २७ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसामा झरेको छ । आइतबार युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ०५पैसा तोकिएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९१ पैसा र बिक्री दर १६८ रुपैयाँ ६७ पैसा रहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।