६ असार २०८३, शनिबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १४ फागुन । सुनसरीको इटहरीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–१ स्थित भित्री सडक खण्डमा आइतबार भएको दुर्घटनामा सुनसरीकै गढी गाउँपालिका–६ का ४२ वर्षीय चितनारायण माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश १–०२–०५० प ०५६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको कल्भटबाट तल खस्दा चालक माझीको घटनास्थलमै मृत्यु भएको थियो ।

आइतबारै अपराह्न इटहरी–५ मा भएको ट्रकको ठक्करले स्कुटर चालक स्थानीय रबिन राईको मृत्यु भएको थियो ।