२९ असार २०८३, सोमबार

श्रीदेवीलाई हेर्न जब अफगानिस्तानमा रकेट फायर रोकियो

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । बलिउडकी पहिलो महिला सुपरस्टार श्रीदेवीको निधन भएको आज ६ वर्ष पुगेको छ ।

ठूला आँखा, सुन्दर अनुहार र स्वरकी धनी श्रीदेवीले आफ्नो अभिनयले पितृ सत्तात्मक उद्योगलाई पल्टाइदिनु भएको थियो । चार वर्षको उमेरदेखि अभिनयसँग जोडिएकी श्रीदेवीले आफ्नो जीवनका ५० वर्ष फिल्मलाई दिनुभयो । उहाँले यो समयावधिमा पद्मश्री, नेशनल अवार्ड, फिल्मफेयर, लाइफटाइम अचिभमेन्टलगायतका कैयौं सम्मान पाउनुभयो ।

उहाँको निधन सन् २०१८ को फेब्रुअरी २४ मा दुबईमा भएको थियो । उहाँ र पति बोनी कपूर भतिजको विवाहका लागि दुबई पुग्नुभएको थियो । निधनको अघिल्लो दिन उहाँका पति बोनी भारत फर्किए पनि श्रीदेवी भने दुबईमै बस्नुभएको थियो । यही बीचमा बोनी अचानक श्रीदेवीलाई सरप्राइज दिन त्यहाँ पुग्नुभयो । जुन कुराले श्रीदेवी निकै खुशी हुनुहुन्थ्यो । दुवैजना रोमान्टिक डेटमा जाने तयारीमा हुनुहुन्थ्यो ।

जसका लागि तयार हुन श्रीदेवी बाथरुम जानुभयो । तर उहाँ त्यहाँबाट फर्किनुभएन । १० मिनेटसम्म पनि श्रीदेवी नफर्किएपछि बोनी बाथरुममा हेर्न गए । तर ढोकामा भित्रबाट चुकुल लागेको र कुनै जवाफ नआएपछि उहाँले ढोका तोड्नुभएको थियो । उहाँले श्रीदेवीलाई बाथटबमा बेहोस अवस्थामा भेट्नुभयो । पानीमा डुबेकी श्रीदेवीको निधन भइसकेको थियो ।

श्रीदेवीसँग जोडिएका धेरै किस्साहरु बलिउडमा अझै चर्चित छन् । फिल्म ‘खुदा गवाह(१९९२)’को सुटिङका लागि अफगानिस्तान पुग्दाको किस्सा झनै रोचक छ । श्रीदेवी और अमिताभ बच्चन यो फिल्म सुटिङ गर्न अफगानिस्तानका कैयौं हिस्सामा पुगेका थिए । तर त्यो समयमा अफगानिस्तानमा युद्ध भइरहेको थियो । जहीँतहीँ गोलीबारी र मिसाइलको प्रयोग भइरहेका थिए । मानिसहरु घर बाहिर निस्कन डराइरहेका थिए ।

सोभियत संघले अफगानिस्तानलाई आफ्नो कब्जाबाट हटाएपछि देशको जिम्मेवारी नजीबुल्लाहलाई दिएको थियो । उहाँ त्यहाँको राष्ट्रपति बन्नुभयो । नजीबुल्लाह भारतीय फिल्मका ठूला प्रशंसक हुनुहुन्थ्यो । यही बेला अमिताभ र श्रीदेवीको फिल्म सुटिङका लागि उहाँहरुले त्यहाँको सरकारसँग अनुमति मागे र अनुमति पनि पाउनुभयो । उहाँहरुले अनुमति पाए पनि त्यहाँको अवस्था खराब थियो । जब अमिताभ र श्रीदेवी सुटिङका लागि अफगानिस्तानको बुजकशीस्थित मजार–ए–शरीफ पुग्नुभयो । राष्ट्रपति नजीबुल्लाहले अफगानिस्तानका आधा सेना अमिताभ र श्रीदेवीको सुरक्षाका लागि प्रयोग गर्नुभयो ।

फिल्मको सुटिङ हेर्नका लागि अफगानिस्तानका मानिसको भीड जम्मा हुने गर्थ्यो । कैयौं पटक यस्तो पनि भयो कि श्रीदेवीलाई हेर्नका लागि अफगानिस्तानमा गोली चल्न बन्द हुन्थ्यो र त्यहाँका स्थानीय बिना भय सुटिङ हेर्न घर बाहिर निस्कन्थे । जसै सुटिङ सकिन्थ्यो, गोली बारी फेरी सुरु हुन्थ्यो । एकपटक त अफगानिस्तानका मिलिटेट कमाण्डरले रकेट फायर गर्न लाग्नुभएको थियो । तर श्रीदेवीको सुटिङमा समस्या नहोस् भनेर उहाँले फायरिङ रोक्नुभएको थियो । यही कारण अफगानिस्तानका मानिसहरु श्रीदेवीलाई शान्तिका प्रतिक मान्छन् । अमिताभ र श्रीदेवी सुटिङ सकेर भारत फर्कन लाग्दा राष्ट्रपति नजीबुल्लाहले दुवैलाई ‘अर्डर अफ अफगानिस्तान’बाट सम्मान गर्नुभएको थियो ।