२३ असार २०८३, मंगलबार

एमाले बाराको जिल्ला सचिवालय बैठक सम्पन्न, अधिवेशनको तयारीका लागि जिम्मेवारी तोकियो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १३ फागुन । नेकपा (एमाले) बाराको जिल्ला सचिवालय बैठक शनिबार सम्पन्न भएको छ ।

बैठकले चैत १९ र २० गते हुने जिल्ला अधिवेशन सफल बनाउन विभिन्न उपसमिति गठन गर्दै जिम्मेवारी तोकेको छ ।

कलैयास्थित पार्टी कार्यालयमा बसेको बैठकले जिल्ला अध्यक्ष विनोद साहलाई राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख टिना सुवेदीलाई प्रचार तथा अतिथि सत्कार, सचिव अध्यानन्द पाण्डेलाई सांगठानिक प्रतिवेदन तथा प्रतिनिधि व्यवस्थापन, उपसचिव अमृत शर्मा बजगाईंलाई जनपरिचालन, उपसचिव भुलन चौधरीलाई स्वयंसेवक परिचालन, जवाहिर अंसारीलाई मञ्च तथा आवास व्यवस्थापन, भिखारी साहलाई खाना तथा नास्ता व्यवस्थापन उपसमितिको संयोजक तोकेको हो ।

बैठकले पार्टी र जनसंगठनबाट करिब ६ सय प्रतिनिधि अधिवेशनमा सहभागी गराउने निर्णय समेत गरेको छ ।

अधिवेशनका लागि चैत ३ गते प्रतिनिधि परिषद् बैठक र चैत ७ गते प्रतिनिधि चयन गर्ने निर्णय बैठकले गरेको जिल्ला प्रचार विभाग प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

जिल्ला अध्यक्ष साहको अध्यक्षतामा बसेको बैठकमा पोलिटव्युरो सदस्य एवम् बारा १ का सांसद अच्युत मैनाली, केन्द्रीय सदस्य बलबीर चौधरी, एकबाल मियाँ, मधेस प्रदेश सचिव मनोज पौडेललगायत एमाले बाराका पदाधिकारी र सचिवालय सदस्यको उपस्थिती रहेको थियो ।