१० असार २०८३, बुधबार

आजदेखि देशभर दादुरा–रुवेलाविरुद्ध खोप अभियान

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । आजदेखि दादुरा–रुवेलाको खोप देशव्यापी रूपमा लगाइँदैछ ।

जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो ।

अभियानअन्तर्गत काठमाडौं जिल्लामा मात्रै पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइनेछ । जसअनुसार काठमाडौंमा १ हजार ६ सय ७० खोप केन्द्र तोकिएको छ ।

विद्यालय र वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाउने जनाएको स्वास्थ्य मन्त्रालयका अनुसार बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछन् भने ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुँदैछन् ।

काठमाडौंका १० स्थानीय तहमा फागुन १३ गतेदेखि नै खोप अभियान सञ्चालन हुने भए पनि काठमाडौं महानगरपालिका क्षेत्रमा भने फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुने जनाइएको छ ।

काठमाडौं दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो । गत वर्ष काठमाडौं जिल्लामा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एकजनाको मृत्यु भएको थियो ।

गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।