२८ असार २०८३, आइतबार

केपी ओली कप फुटबलमा आज दुई खेल हुँदै

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । जारी केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछ ।

आज पहिलो खेल बिहान ११ः३० बजेदेखि एनआरटी र थ्रीस्टार क्लबबीच हुनेछ । यो खेल एन्फा कम्लेक्समा हुनेछ ।

त्यसैगरी आज दोस्रो खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । यो खेल पनि एन्फा कम्लेक्समा अपरान्ह ३ बजेदेखि सुरू हुनेछ ।

यसअघि शुक्रबार सम्पन्न उद्घाटन खेलमा केपी ओली एफसीले चर्च ब्वाइजलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । अब केपी ओली एफसीले अर्को खेल जावलाखेल युथ क्लबसँग खेल्नेछ ।