
काठमाडौं, १३ फागुन । प्रतिनिधि सभा बैठक आज आइतबार बस्दैछ ।
बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दल सबन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि प्राप्त विरोधको सूचनालाई निर्णायार्थ प्रस्तुत गर्नुहुनेछ भने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ लाई प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।










प्रतिक्रिया