१९ असार २०८३, शुक्रबार

रोल्पामा १८ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, १२ फागुन । रोल्पामा १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरी बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनिलस्मृति गाउँपालिका-१ घोडागाउँ बस्ने ६३ वर्षीय शेरे कामी रहेका छन् । उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कामीले ती किशोरीलाई सोही ठाउँस्थित पाखोबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खुङ्ग्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।