३१ असार २०८३, बुधबार

सिरहामा दुई थान भरुवा बन्दुक बरामद

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, १२ फागुन । सिरहा प्रहरीले शनिबार दुई थान भरुवा बन्दुक बरामद गरेको छ ।

गोलबजार नगरपालिका-१० धरमपुरको पोखरी बाँध नजिक प्रहरी टोली देख्नासाथ १०/१२ जनाको समूहमा रहेका व्यक्तिहरू फरार भएका थिए । त्यहाँ प्रहरी पुग्दा उनीहरूले छोडेको बोराभित्र बारुद भरिएको दुई थान बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले फरार व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ ।