
सिन्धुली, १२ फागुन । चित्रबहाहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा र मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला कमिटी नै नेकपा एमालेमा समाहित भएको छ ।
शनिबार एमाले सिन्धुली जिल्ला कमिटीले मरिणमा आयोजना गरेको शहीद ऋषिराज देवकोटा ‘आजाद’को ४३ औं स्मृति दिवस तथा पार्टी प्रवेश कार्यक्रममा केसीको जनमोर्चा र वैद्य नेतृत्वको सिन्धुली जिल्ला कमिटी नै एमालेमा समाहित भएको हो । उहाँहरुलाई एमाले उपमहासचिव विष्णु रिमालले अबिर र खादा लगाएर पार्टीमा स्वागत गर्नभएको थियो ।
कार्यक्रममा उपमहासचिव रिमालले शहीद आजादको तस्वीरमा माल्यार्पण गर्नुहुँदै उहाँको योगदानको सम्झना गर्नुभएको थियो ।

नेपाली कम्युनिष्ट आन्दोलनका ‘अभिमन्यु’ शहीद ऋषिराज देवकोटा ‘आजाद’ नेकपाको चौथो महाधिवेशन पोलिटब्यूरो सदस्यमासमेत निर्वाचित हुनुभएको थियो ।

तत्कालीन पञ्चायतकालीन समयमा आन्दोनमा मध्यकमान्ड सम्हाल्नुभएका आजादको आजकै दिन अर्थात २०३७ साल फागुन १२ गते भिमानको जंगलमा वीभत्स हत्या भएको थियो ।
शहीद आजादको ४३ औं स्मृति दिवस कार्यक्रममा उपमहासचिव रिमाल, एमाले सिन्धुली जिल्ला अध्यक्ष कुमारबहादुर कार्की लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।










प्रतिक्रिया