३१ जेष्ठ २०८३, आइतबार

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

नानजिङ, चीन, १२ फागुन । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा भवनमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको स्थानीय सरकारले शनिबार बिहान जनाएको छ ।

घटनामा कम्तीमा ४४ जना घाइते भएका बताइएको छ । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ ।

स्थानीय दमकल विभागलाई युहुताई जिल्लाको एक आवासीय भवनमा आगलागी भएको सूचनापछि घटनास्थलमा पुगेका अग्नि नियन्त्रकहरूले आगलागीलाई करीब दुई घण्टामा नियन्त्रणमा लिएको जनाएका छन् ।

प्रारम्भिक अनुसन्धानमा उक्त भवनको पहिलो तल्लामा आगलागी भएको र उक्त स्थानमा विद्युतीय साइकलहरू राखिएको पाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एएफपी