१ श्रावण २०८३, शुक्रबार

एक महिने शालीनदी मेला सकिँदै, यस्तो देखियो मेलाको रौनक (फोटो फिचर)

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ भएको एक महिने श्रीस्वस्थानी व्रत माघ शुक्ल पूर्णिमाका दिन आज विशेष पूजाअर्चना गरी समापन गरिँदै छ ।

व्रत समापनको अवसरमा काठमाडौंको साँखुको शालीनदीमा पूजा गर्ने भक्तजनको घुइँचो लागेको छ । स्वस्थानीको व्रत, पूजा, कथा पाठ गर्नाले रोगव्याध निको हुने, बिछोड भएका परिवारजनसँग पुनर्मिलन हुने तथा असल पति प्राप्त हुने जनविश्वास रहेको छ ।