२५ जेष्ठ २०८३, सोमबार

एमाले उपमहासचिव ज्ञवाली श्रीस्वस्थानी व्रतकथा समापन कार्यक्रममा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, १२ फागुन । नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवाली शनिबार बिहान मन्थली नगरपालिका–८ चिसापानीमा आयोजित श्रीस्वस्थानी व्रतकथाको समापन कार्यक्रममा सहभागी हुनुभएको छ ।

मन्थलीको तामाकोसी नदीबाट वडा नं ८ को भिमशेनस्थानसम्म लगिएको सय धारा कार्यक्रममा ज्ञवालीले सहभागिता जनाउनुभएको हो । तामाकोसीबाट सय धारा भएका जलधारमा भिमसेनथानसम्म जल लगिएको थियो । सांस्कृतिक कार्यक्रममा उपमहासचिव ज्ञवाली सहभागी हुनुभएको हो ।

ज्ञवालीले मन्थली नगरपालिका–८ को वडा कार्यालय पनि निरिक्षण गर्नुभएको वडाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

ज्ञवालीले छोटो समयमा वडा कार्यालय निर्माण गरी आफ्नै भवनबाट सेवा सञ्चालन गरेकोमा निर्वाचित नेतृत्वलाई धन्यवाद दिनुभयो । नवनिर्मित भवनबाट वडावासीलाई सहज, सुलभ र विश्वसनीय सेवा प्रवाह हुने ज्ञवालीले विश्वास व्यक्त गर्नुभयो ।