२७ असार २०८३, शनिबार

भारत पुगेका परराष्ट्रमन्त्री साउद अयोध्यास्थित राम मन्दिर जाँदै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । रायसिना डायलगमा भाग लिन भारत पुग्नुभएका परराष्ट्रमन्त्री नारायण प्रकाश साउद (एनपी) आज अयोध्यास्थित राम मन्दिरको दर्शन गर्न जान लाग्नुभएको छ ।

उहाँले अयोध्याको बहुचर्चित राम जन्मभूमिस्थित राम मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले बताएको छ ।

राम मन्दिर दर्शन गर्ने मन्त्री साउद नेपाल सरकारका पहिलो प्रतिनिधि पनि हुनुहुनेछ ।

मन्दिर क्षेत्रमा परराष्ट्रमन्त्री साउदलाई श्रीराम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टका महासिचव चम्पत राय सहितका अन्य पदाधिकारीहरुले स्वागत गर्ने जनाइएको छ ।

परराष्ट्रमन्त्री साउदले राम मन्दिरमा चाँदीले बनाइएको तीर धनुष, गदा र अन्य शृगांरका सामाग्रीहरु चढाउनुहुनेछ ।

परराष्ट्रमन्त्री साउद आजै साँझ सरयु घाटमा हुने आरतीमा समेत सहभागी हुनुहुनेछ भने उहाँले अयोध्यामै रहेको हनुमानगढी मन्दिरमा पनि पूजा गर्ने र आजै अयोध्यास्थित नेपाली मन्दिरमा पनि पूजाअर्चना र दर्शन गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जानकारी गराएको छ ।