२५ असार २०८३, बिहिबार

गाजा युद्ध समाप्त भएपछि पनि हाम्रो निगरानी जारी रहन्छ : नेतान्याहु

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । इजरायलले गाजा युद्ध समाप्त भएपछि गाजा क्षेत्रमा अप्रत्यक्ष निगरानी गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताउनुभएको छ । उहाँले आफ्नो मन्त्रिपरिषद्लाई जानकारी गराएको प्रस्तावमा गाजाको दैनिक प्रशासनिक गतिविधि र सुरक्षा अवस्थामा इजरायलको निगरानी रहने प्रष्ट पार्नुभएको हो ।

प्रधानमन्त्री नेतान्याहुले शुक्रबार मन्त्रिपरिषदमा यससम्बन्धी कार्ययोजना पेस गर्नुभएको थियो । यो प्रस्तावपछि अमेरिका इजरायलसँग रुष्ट हुने अनुमान गरिएको छ । अमेरिकाले प्यालेस्टाइन (गाजा क्षेत्र)लाई स्वायत्तता प्रदान गर्नुपर्ने पक्षमा छ ।

प्यालेस्टाइनबाट हमास हटाउने योजनामा अमेरिकाको साथ पाए पनि इजरायलको अप्रत्यक्ष निगरानीलाई स्वीकार्य नहुने संकेत अमेरिकाले पटक पटक गर्दै आइरहेको छ । २०२३ को अक्टोबर ७ बाट सुरु भएको इजरायल प्यालेस्टाइन युद्ध अहिले पनि जारी छ । यो युद्धमा अहिलेसम्म ३० हजार बढीको मृत्यु भएको छ भने घाइतेको संख्या ७० हजार नाघेको छ ।