८ असार २०८३, सोमबार

जर्मनीमा गाँजालाई कानूनी वैधता

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । जर्मनीले अप्रिल एक तारिखदेखि गाँजालाई वैधता दिने भएको छ । योसँगै जर्मन नागरिकहरुले सार्वजनिक स्थलमै गाँजा सेवन गर्न पनि पाउने छन् ।

जर्मनीले गाँजाको प्रयोगलाई वैधता दिए पनि प्रयोगका केही सर्तहरु भने राखिएका छन् । सार्वजनिक स्थलहरुमा २५ ग्राम र निजी घरमा ५० ग्रामसम्म मात्रै गाँजा राख्न पाइने छ ।

कडा कानुनका कारण युवाहरु गाँजाको कुलतमा फस्न थालेपछि सरकारले नै यसलाई खुकुलो बनाएको त्यहाँका स्वास्थ्यमन्त्री कार्ल लाउटरबाकले बताउनुभएको छ । उहाँले गाँजाले वैधता पाए पनि देशमा गाँजा क्याफे भने खोल्न नदिने बताउनुभयो ।

सरकारले गाँजालाई वैधता दिने निणर्य गरेसँगै विपक्षीहरुले भने त्यसको विरोध गरेका छन् । उनीहरुले लागूपदार्थ प्रयोगलाई सरकारले नै प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

विपक्षी कन्जरभेटिभहरू अर्को वर्ष सरकारमा आएमा यो कानुनलाई पूर्ण रूपमा खारेज गर्ने बताइसकेका छन् ।