१९ असार २०८३, शुक्रबार

एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । नेकपा (एमाले) कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी हुनुभएको छ ।

ढुंगाना दुई सय ८७ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धीहरु डेजी पाण्डेले दुई सय १८ मत र दुर्गाप्रसाद जोशीले ६३ मत पाउनुभयो ।

यस्तै उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही एक सय ९३ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी दलबहादुर विष्टले एक सय ८८ मत ल्याउनुभयो । उपाध्यक्षका अर्का उम्मेदवार विष्णु चौधरीले एक सय ६ मत, गजेन्द्रबहादुर स्वारले २७ मत पाउनुभयो ।

सचिवमा ममताप्रसाद चौधरी विजयी हुनुभएको छ । चौधरी दुई सय ४३ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी विष्णुकुमार चन्दले एक सय ६८ मत र दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गर्नुभयो ।

उपसचिव (खुला)मा चुडामणी भट्ट विजयी हुनुभएको छ । उहाँ दुई सय ५१ मत पाएर विजयी हुँदा उहाँका प्रतिस्पर्धीहरु भुवन रिजालले एक सय २३ मत, नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाउनुभयो ।

उपसचिव (महिला)मा गंगा चौधरी एक सय ९६ मतसहित विजयी हुनुभयो ।उहाँको प्रतिस्पर्धीहरु शान्तिदेवी सिंहले एक सय ६१, रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाउनुभएको छ ।