७ असार २०८३, आइतबार

अनेरास्ववियु मकवानपुरको अध्यक्षमा अमृत बर्तौला सर्वसम्मत निर्वाचित

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १२ फागुन । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरको अध्यक्षमा अमृत बर्तौला सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

शुक्रबार भएको २८ औँ जिल्ला अधिवेशनले बर्तौलाको नेतृत्वमा १० पदाधिकारीसहित ५१ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

कमिटीको उपाध्यक्षहरुमा पुष्कर तिमल्सिना, नवराज पौडेल र शिव पुलामी चयन हुनुभएको छ ।

यसैगरी सचिवमा रामचन्द्र व्लोन (आरसी), सहसचिवहरुमा जस्प्रिता अधिकारी, प्रसिद्ध रेग्मी र साहिल खान चयन हुँदा कोषाध्यक्षमा इशा पाख्रिन चयन हुनुभएको छ ।

कार्यलय सचिवमा रोजन घिमिरे निर्वाचित हुनुभएको अनेरास्ववियु मकवानपुरले जनाएको छ ।