
काठमाडौं, १२ फागुन । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट चोरी भएको २६ दिने शिशु काँडाघारीमा फेला परेको छ ।
शिशुलाई काठमाडौंको काँडाघारीमा सकुशल फेला पारिएको प्रहरीले जनाएको छ ।
शिशु लिएर जाने महिला पनि पक्राउ परेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।
हिजो शुक्रबार दिउँसो प्रसूति गृहबाट २६ दिनको शिशु एक महिलाले लिएर गएकी थिइन् । सीसीटिभीमा मास्क लगाएकी महिलाले शिशु लिएर हिँड्दै गरेको देखिएको थियो ।
काभ्रे घर भएकी एक महिलाको शिशु चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।








प्रतिक्रिया