९ असार २०८३, मंगलबार

हेटौंडामा पर्खालले च्यापिएर एक जनाको मृत्यु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १२ फागुन । खानेपानीको काम गर्ने क्रममा मकवानपुरको हेटौंडामा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार हेटौंडा उपमहानगरपालिका–५ सिँचाइटोलका रामचन्द्र शर्मा देवकोटाको घरमा खानेपानीको काम गर्ने क्रममा सोही टोलका ४० वर्षीय बसन्त महर्जनको ज्यान गएको हो ।

काम गर्दैगर्दा इँटाको पर्खाल ढल्न गई पर्खालले च्यापिएका महर्जनको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

खानेपानीको पाइप जोड्ने क्रममा अचानक इँटाको पर्खालले च्यापिएपछि उनी गम्भिर घाइते भएका थिए । महर्जनको उपचारको क्रममा मृत्यु भएको प्रवक्ता भण्डारीले बताउनुभयो ।