
मकवानपुर, ११ फागुन । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको कैलाश गाउँपालिका कमिटीका अध्यक्ष राजकुमार तितुङ नेकपा (एमाले)मा फर्किनुभएको छ ।
शुक्रबार एमाले कैलाश गाउँपालिका कमिटीले कैलाश-६ पकनेमा आयोजना गरेको पार्टी प्रशिक्षण समापन कार्यक्रममा उहाँ एमालेमा फर्किनुभएको हो ।

तितुङलाई एमाले बागमती प्रदेश कमिटी सदस्य एकराज उप्रेतीले टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको एमाले कैलाश गाउँपालिकाका अध्यक्ष पुन्य भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहीबार र शुक्रबार दुई दिन भएको कार्यक्रममा पार्टी प्रदेश सदस्य उप्रेती, जिल्ला उपाध्यक्ष लालबहादुर थापा र जिल्ला कमिटी सदस्य सुधीर थापाले प्रशिक्षण दिनुभएको थियो ।










प्रतिक्रिया