२५ असार २०८३, बिहिबार

ठेक्का लिएर काम नगर्ने सांसद बानियाँको फोटो राखेर विरोध प्रर्दशन

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ११ फागुन । मकवानपुरको मनहरीमा पुलको ठेक्का लिएर काम नगर्ने सांसद इन्द्रबहादुर बानियाँको फोटो व्यानरमा राखेर पाँच दलले विरोध प्रर्दशन गरेका छन् ।

मनहरीमा पुल निर्माणको ठेक्का लिएर पनि काम नगर्ने बागमती प्रदेश सभा सदस्य बानियाँसहितका फोटोहरु व्यानरमा राखेर प्रर्दशन गरिएको हो ।

पुल निर्माण गर्नका लागि बानियाँको कम्पनीले ठेक्का लिएपनि काममा ढिलासुस्ती गरेको, तोकिएको समयमा काम सम्पन्न नगरेको भन्दै पाँच दलले विरोधको नयाँ शैली अनुसार व्यानरमा फोटो राखेर प्रर्दशन गरेका हुन् ।

बानियाँसहित अन्य ठेकेदारहरुको पनि नाम र फोटो राखेर काम सम्पन्न नगरी अलपत्र निर्माण स्थलमा पाँच दलले प्रर्दशन गरेको नेकपा (एमाले) मनहरी गाउँपालिकाका अध्यक्ष नवीन सुवेदीले जानकारी दिनुभयो ।

मकवानपुरको मनहरी गाउँपालिकामा एकपछि अर्को अनियमितताका विषयमा पाँच राजनीतिक दलहरुले ध्यानाकर्षण गराएपनि पालिकाले कुनैपनि चासो नदेखाएकाले ठेकेदारको फोटोसहित पाँच दलले विरोध प्रर्दशन गरेका हुन् ।

मनहरी गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधीहरुको मिलेमतोमा नदीजन्य पदार्थमा गरिएको राजश्व छुटलगायतका विषयमा पाँच दलका नेताहरुले संयुक्त रुपमा हस्ताक्षर गरेर गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए ।

मनहरी गाउँपालिकामा भइरहेको योजनाहरूको ढिलासुस्ती, पाँचवटा पुल निर्माणमा भइरहेको ढिलाइ, गाउँपालिकामा भइरहेको निरन्तर अनियमितता लगायतका विषयमा पाँच राजनीतिक दलले संयुक्त रुपमा ध्यानाकर्षण गराइएपनि चासो नदिएपछि चरणबद्ध आन्दोलनमा उत्रिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।