३ असार २०८३, बुधबार

कर्मचारी सञ्चय कोषले माग्यो ३० जना कर्मचारी

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । कोषले शुक्रबार एक सूचना जारी गर्दै ३० जना गरी नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि कर्मचारी मागेको गरेको हो ।

कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धकमा एकएक जना, सहायक प्रबन्धकमा १२ जना मागेको छ । जसमध्ये खुलबाट ७ जना, महिला र आदिवासी जनजातिबाट २/२ जना र मधेसीबाट १ जना नियुक्त गर्ने कोषले जनाएको छ ।

त्यस्तै प्रशासनतर्फ १ जना, प्राबिधिकतर्फ १ जना सहायक प्रबन्धक, पाँचौं तहको प्रशासनतर्फ प्रमुख सहायकका लागि १३ जना कर्मचारी मागिएको छ । जसमध्ये ८ जना खुलाबाट, महिला र आदिवासी जनजातिबाट २/२ जना र १ जना मधेसीबाट नियुक्त गरिनेछ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरुले २१ दिनभित्र दरखास्त दिनुपर्नेछ भने दरखास्त शुल्क पदअनुसार फरक–फरक निर्धारण गरिएको छ ।