६ असार २०८३, शनिबार

नागरिक उड्डयन प्राधिकरणले माग्यो ९८ कर्मचारी (सूचनासहित)

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, ११ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी मागेको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ९८ जना माग गरेको हो ।

प्राधिकरणले आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका लागि पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

प्राधिकरणले प्राविधिकतर्फ दशौं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृतमा १/१ जना, एयर ट्राफिकतर्फ वरिष्ठ अधिकृतमा ४३ जना दरखास्त मागेको हो ।

त्यस्तै विभिन्न उपसमूहतर्फ वरिष्ठ सहायक र सहायक पदमा पनि आवेदन खुला गरेको प्रधिकरणले जनाएको हो ।

प्राधिकरणले प्राविधिक सहायक एभिएशन फायर सर्भिसेसतर्फ १७ जना माग गरेको छ ।

योग्य नेपालीहरूले चैत १ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत ८ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन् ।

दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ ।