५ असार २०८३, शुक्रबार

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, ११ फागुन । कुमारी बैंकले ४ हजार ११५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना १ जना संस्थापक सेयरधनी रामकुमारी पौडेलको नाममा रहेको सेयर बिक्री खुला गरेको हो ।

सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।

कम्पनीको सूचनामा उल्लेख गरे अनुसार सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुनेछ । समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने पनि बैंकले जनाएको छ ।