३० जेष्ठ २०८३, शनिबार

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

11.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । नेपाली बजारमा बिहीबार सुनचाँदी मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको भाउ १ लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको भाउ १ लाख १७ हजार ८५० रुपैयाँ कायम रहेको थियो ।

यता, आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर १४ सय रुपैयाँमा झरेको छ । बुधबार चाँदीको भाउ तोलाको १४ सय १५ रुपैयाँ रहेको थियो ।