२ असार २०८३, मंगलबार

अध्यक्ष ओलीले हेरे फिल्म ‘गोर्खा वारियर’

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गोर्खा वारियर’को बुधबार प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रिमियरमा चलचित्रले मिश्रित प्रतिक्रिया बटुलेको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराती, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका नेताहरु चलचित्र हेर्न पुग्नुभएको थियो ।

फिल्म हेरिसकेपछि छोटो प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले संसारमा पहिचान बनाउन सफल वीर गोर्खालीको कथा फेरि गोर्खा वारियर चलचित्रमार्फत् संसारमाझ पुर्‍याउन खोजिएको भन्दै सफलताको कामना व्यक्त गर्नुभयो ।

त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि ७० वर्ष अगाडिको कथा सिनेमाको पर्दा मार्फत हेर्न पाउनु आफ्ना लागि पनि नौलो भएको बताउँदै गोर्खा वारियर नेपालीको पहिचान भएको दाबी गर्नुभयो ।

निर्देशक कृष्ण कुमार गुरुङले गोर्खा वारियर विश्वले हेर्ने सिनेमा बनेको प्रतिक्रिया दिनुभयो ।

गिरिराज घिमिरेको लेखन रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय छ ।

चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् ।

यसको कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ ।