६ असार २०८३, शनिबार

इरनाले २ वटा युद्धपोत जहाज बनायो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेहरान, ८ फागुन । देशको बढ्दो नौसैनिक क्षमताहरू प्रदर्शन गर्दै सोमबार बन्दर अब्बासमा आयोजित समारोहमा स्वदेशमै निर्मित दुई वटा युद्धपोतहरू अनावरण गरिएको छ ।

स्वर्गीय इरानी कमाण्डर कासिम सुलेमानीलाई सम्मान गर्दै “शाहिद बाकेरी” र “शाहिद सय्यद शिराजी” नामका दिई जहाजहरू इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) नौसेनाको “शाहिद सुलेमानी” वर्गका रहेको सो समारोहमा जानकारी दिइएको छ ।

नौसेना कमाण्डर अलिरेजा ताङ्सिरीले दिएको जनाकारी अनुसार ती जहाजहरू पूर्ण रूपमा इरानीहरूले डिजाइन गरेका हुन् । जसको लम्बाइ ६७ मिटर छ भने स्टेल्थ टेक्नोलोजी र हतियारहरूले सुसज्जित छ ।

ती जहाजहरूमा घरेलु रूपमा उत्पादन गरिएको लामो दूरीको सय्यद र मध्यम दूरीको नवभाब एयर डिफेन्स मिसाइलहरू जडान गरिएका छन्। ट्याङ्सिरीले ५, ५०० समुद्री माइल (९,५०० किमी) सम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ।
चार वटा इन्जिनहरूद्वारा सञ्चालित जहाले तीनवटा हल्का रकेट पोतहरू समेत बोक्न क्षमताको रहेको बताइएको छ । सिन्ह्वा