२ असार २०८३, मंगलबार

कर्णाली उत्सवः कुडा कर्णालीकाको पाचौं संस्करण सम्पन्न

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरेन्द्रनगर, ८ फागुन । कर्णाली उत्सव कुडा कर्णालीकाको पाचौं संस्करण सोमबार सम्पन्न भएको छ । शनिबारबाट सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा सुरु भएको उत्सव सम्पन्न भएको हो ।

उत्सवको समापन गर्दै माओवादीका उपमहासचिव जर्नादन शर्माले कर्णाली उत्सवको पाचौं संस्करण सम्म आइपुग्दा यसले खेलेको भूमिका, महत्वपूर्ण विषयमा भइरहेको बहस र सबैलाई जागरुप र सचेत बनाउने पहल कदमीको लागि संरक्षक केवल भण्डारीसहित सम्पूर्ण आयोजक टिमलाई बधाई दिनुभयो । कर्णाली एक सभ्यता भएको उहाँले बताउनुभयो । नेपाली भाषको जननी पनि कर्णाली भएको उहाँले बताउनुभयो ।

कर्णालीले ऐतिहासिक विरासत बोकेको बताउनुभयो । पूर्वगृहमन्त्री समेत रहेका उहाँले भन्नुभयो, ‘कर्णालीमा बगेको प्रत्येक पानीको थोपा, कर्णालीका हरेक वनस्पतिका पात र जडा र बोक्राहरुलाई , यहाँका नदि ताल, हिमाल, पहाड, खोच, वेशी र भ्यालीहरुलाई जब हामी एउटा मूल्यमा बदल्छौं तब कर्णाली स्वाभीमानी र समृद्ध भएर देखिनेछ ।’ यहाँको विकास मोडेर यहिँ भएको र सबैको कार्यभार यहिँ भएको उहाँले बताउनुभयो । अब कर्णालीको परिभाषा फेर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

कर्णालीको विकास बिना देशको विकास सम्भव छैन । उहाँले भन्नुभयो, ‘कर्णालीका दलितहरुको मुक्ती नभइकन कर्णालीको विकास हुदैँन । कर्णालीमा दलितहरुको बाहुल्यता छ । उनीहरुले सबैभन्दा बढी भोगिरहेको उत्पिडन भोगिरहेका छन् । यसको अन्त गरेर जात प्रथाबाट मुक्ति गरेपछि मात्र विकासको प्रारम्भ हुन्छ ।’ कर्णालीलाई सुनको डल्लोको रुपमा बुझेको बताउँदै उहाँले सुनको यो डल्लोलाई आवश्यक स्तरका गहनामा बदल्न र त्यसले सजाउनको लागि सक्षम कालिगढहरुको खाचो रहेको उल्लेख गर्नुभयो । बाटो बनाउनु मात्र विकास नभएको उहाँले बताउनुभयो ।

कर्णाली उत्सव संयोजक कमल लम्सालले विगतका चार वर्ष झैं यो वर्ष पनि बुलबुलेमा बसेर कुरा गरेको बताउनुभयो । लोकतान्त्रिक ढंगले कुराकानी गर्नुले लोकतन्त्रलाई मजबुद बनाउने उहाँले बताउनुभयो । कुरै गर्न नपाउने समाजमा कुरा हुनुनै ठूलो भएको उहाँले बताउनुभयो । उत्सवलाई सहयोग सबैलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।

उत्सवमा पहिलो दिन प्रकोप र पुननिर्माणका विषयमा छलफल भएको थियो । दोस्रो दिन समाज, साहित्य र विकासका विषयमा र तेस्रो दिन लोकतन्त्र र सुशासनका विषयमा छलफल भएको थियो । कर्णालीको बारेमा गन्थन, मन्थन र चिन्तन यो उत्सवमा हुने गरेको छ ।