
प्रेमबहादुर राम्जा, हापुरे, ७ फागुन । नेकपा (एमाले) दाङले पालिकास्तरमा पुगेर पार्टी प्रशिक्षण कार्यक्रम गर्न सुरु गरेको छ ।
एमाले दाङको स्कुल विभागको आयोजना र स्थानीय पालिका कमिटीको व्यवस्थापनमा पार्टी प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
एमालेले सुरु गरेको प्रशिक्षण कार्यक्रम बंगलाचुली, शान्तिनगर र बबई गाउँ कमिटीले सम्पन्न गरेका छन् ।
स्कुल विभागले स्थानीय कमिटीलाई प्रशिक्षक उपलब्ध गराउने गरेको स्कुल विभाग संयोजक विवेक श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टीको संगठन निर्माण, लेखा व्यवस्थापन, सदस्यता व्यवस्थापन र स्थानीय रुपमा पार्टीलाई थप बलियो बनाउनका लागि आगामी रणनीति तय गर्ने र मिसन २०८४ लाई सफल बनाउन समेत पार्टी प्रशिक्षण कार्यक्रम प्रशिक्षण दिने गरेको स्कुल विभाग दाङका सदस्य विनोद केसीले जानकारी दिनुभयो ।
एमाले दाङको तीन दिनसम्म घोराहीमा सम्पन्न भएको पार्टी प्रशिक्षण कार्यक्रमलाई बस्तीस्तरमा पुर्याउने उद्देश्यका साथ दोस्रो चरणमा पालिकास्तरमा पुग्ने लक्ष्य राखिएको एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिनुभयो । यसपछि तेस्रो चरणमा वडास्तरमा समेत पुग्ने लक्ष्य राखिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
पार्टी प्रशिक्षण कार्यक्रम अन्तर्गत गढवामा फागुन ७ र ८ गते तय गरिएको छ । त्यसपछि तुलसीपुर, दंगीशरण, घोराही, राप्ती, लमही र राजपुरमा तय गरिएको विभागका सदस्य केसीले जानकारी दिनुभयो ।
फागुन महिनाभित्र जिल्लाका सबै स्थानीय कमिटीलाई प्रशिक्षण दिने लक्ष्य राखिएको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो ।
पालिकास्तरमा एमालेका केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्य, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु समेत सहभागी हुने गरेका छन् ।









प्रतिक्रिया