५ असार २०८३, शुक्रबार

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजार नजिक

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाजा, ७ फागुन । गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको संख्या २८ हजार ९८५ पुगेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार गत अक्टोबर ७ मा शुरु भएको इजरायल-हमास द्वन्द्वपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनीहरू घाइते भएका छन् ।

इजरायली सेनाको आक्रमणबाट पछिल्लो २४ घण्टामा १२७ प्यालेस्टाइनीको मृत्यु भएको छ भने २०५ जना घाइते भएका छन् ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले दक्षिणी गाजा पट्टीको खान युनिस शहरको अल-अमल अस्पतालले इजरायली ट्याङ्कहरूबाट थुप्रै प्रत्यक्ष आक्रमणहरू भएको बताएको छ । सिन्ह्वा