२९ असार २०८३, सोमबार

मेलम्ची खानेपानीमा भ्रष्टाचार गरेको आरोपमा पूर्वसचिव भीम उपाध्यायसहित १७ जनाविरूद्व मुद्दा दायर

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा तीनजना पूर्वसचिव विरूद्व भ्रष्टाचार मुद्वा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीनजना पूर्वसचिवसहित १७ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मेलम्ची आयोजनाको निर्माण व्यवसायी सिएमसी दि रभेन्नालाई रनिङ बिलमा काम नै नगरी भुक्तानी गरेको, निर्माण व्यवसायीले छाडेर गएको मेसिन, यन्त्र, उपकरण र अन्य सामग्रीको रेन्टल चार्जसमेत कट्टा नगरी भुक्तानी गरेको आरोपपत्रमा उल्लेख छ।

आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङ विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । तामाङ हाल अध्यागमन विभागका महानिर्देशक हुनुहुन्छ ।