३१ जेष्ठ २०८३, आइतबार

इजिप्टबाट गाजामा दुई लाख टन मानवीय सहायता पठाइयो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कायरो, ५ फागुन । इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा लगभग दुई लाख टन मानवीय सहायता पठाएको इजिप्टका सामाजिक एकता मन्त्री निभिन एल–कब्बागले शुक्रबार बताउनुभयो ।

इजिप्टको राजधानी कायरोमा ‘रन फर गाजा म्याराथुन’ मा भाग लिँदै उहाँले आवाश्यक सेवाहरूको व्यवस्था गर्न, आपूर्ति श्रृङ्खला विस्तार गर्न करिब ३७ देशहरूबाट प्राप्त सहायता भण्डारण गर्न इजिप्टको रेड क्रिसेन्टको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

गाजाका लागि प्रदान गरिएको कूल राहत आपूर्तिको ६० प्रतिशत अर्थात् करिब दुई लाख टन सहायता प्रतिशत इजिप्टबाट विभिन्न मार्गबाट आएको मन्त्रीले उल्लेख गर्नुभयो ।

इजरायलले गत अक्टोबर ७ देखि गाजामा हमासविरुद्ध सैन्य अभियान चलाइरहेको छ । दक्षिणी इजरायलमा आन्दोलनजन्य आक्रमणपछि करिब एक हजार २०० मानिसहरुको मृत्यु भएको छ ।

गाजामा इजरायली नाकाबन्दी र बमबारीले अहिलेसम्म २८ हजार ७७५प्यालेस्टिनीहरूको ज्यान लिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । सिन्ह्वा