२३ जेष्ठ २०८३, शनिबार

१७५ रुपैयाँमै फिल्मकर्मीले एक लाखसम्मको बीमा गर्न पाउने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । फिल्मकर्मीहरुले १७५ रुपैयाँमै एक लाखसम्मको बीमा गर्न पाउने भएका छन् । सुर्यज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र चलचित्र संरक्षण मञ्चबीच उक्त आवधिक बीमा योजनाका विषयमा सम्झौता भएको छ ।

सम्झौता पत्रमा चलचित्र संरक्षण मञ्चका तर्फबाट अध्यक्ष टिकाराम रखाल (रोजन) र इन्स्योरेन्स कम्पनीको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले हस्ताक्षर गर्नुभएको छ ।

हस्ताक्षर कार्यक्रममा मञ्चका उप–महासचिव तेज गिरीसहित कम्पनीका उपमहाप्रबन्धक नरोत्तम ढकाल, कर्पोरेट सेल्स विभागका सामिनसिहं भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

सहमतिसँगै चलचित्र संरुक्षण मञ्चले आफ्ना सदस्य फिल्मकर्मीको बीमा प्रक्रिया अघि बढाएको अध्यक्ष रखालले जानकारी दिनुभएको छ । उहाँले अन्य फिल्मकर्मीलाई पनि यो योजनाको लाभ लिनआग्रह गर्नुभएको छ ।

फिल्मकर्मीहरुको कामका दौरान अथवा अन्य भवितव्य घटनामा निधन भएमा परिवारलाई पर्न जाने बोझ कम गर्नको लागि बीमा प्रक्रिया अघि बढाइएको महासचिव तेज गिरीले बताउनुभयो ।

चलचित्र संरक्षण मञ्चले सहजिकरण गरी न्यूनतम एक लाखदेखि अधिकत २० लाखसम्मको आवधिक बीमा गर्ने योजना ल्याएको हो । यस योजनामा वार्षिक १७५ रुपैयाँ तिरेर १ लाखसम्मको विमा हुने व्यवस्था छ भने उमेर र बीमांक रकमअनुसार शुल्क फरक पर्न जाने उप–महासचिव गिरीले जानकारी दिनुभयो ।

फिल्मककर्मीको हक, हित र संरक्षण गर्ने हेतुले स्थापित चलचित्र संरक्षण मञ्चमा पाँच सयभन्दा बढी सक्रिय सदस्यहरु रहेका छन् ।

मञ्चका अध्यक्ष रखालले यसबाट मञ्चमा आवद्ध सदस्यहरुलाई अत्यन्तै ठूलो लाभ मिल्ने विश्वास लिनुभएको छ ।

इन्स्योरेन्स कम्पनीका वरिष्ठ प्रमुख कार्यकारी अधिकृत खड्काले चलचित्र संरक्षण मञ्चमार्फत फिल्मकर्मीहरु सँग जोडिन पाउँदा खुशी लागेको र फिल्मकर्मीहरुको हितमा संस्थाले साथ र सहयोग गर्ने बताउनुभयो ।