२ असार २०८३, मंगलबार

दक्षिण इजरायलमा गोली चल्दा २ जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जेरुसेलम, ५ फागुन । दक्षिणी इजरायलमा शुक्रबार दिउँसो भएको गोलीकाण्डमा २ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

इजरायली प्रहरी र आपतकालीन सेवाहरूले जनाए अनुसार एक जना बन्दुकधारीले दक्षिणी इजरायली शहर किरियत मलाखी नजिकैको बस बिसौनीमा थुप्रै मानिसहरूमाथि एक्कासि गोली चलाउदा सो घटना घटेको हो ।

घाइते ४ जना मध्ये २ जनाको अवस्था गम्भीर भने अन्य २ जनाको अवस्था सामान्य रहेको म्यागेन डेभिड एडोम आपतकालीन सेवाले जनाएको छ । सिन्ह्वा