२ असार २०८३, मंगलबार

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति १३ मिलियन अमेरिकी डलरले बढ्यो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामावाद, ४ फागुन । स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)ले आफ्नो विदेशी मुद्रा सञ्चिति १ करोड ३० लाख अमेरिकी डलरले बढेको जनाएको छ ।

फेब्रुअरी ९ मा समाप्त भएको सातामा बैंकको कुल विदेशी मुद्रा सञ्चिति करिब ८ अर्ब डलर पुगेको एसबीपीले बिहीबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वाणिज्य बैंकहरूसँग रहेको खुद विदेशी सञ्चिति करिब ५ अर्ब १ करोड डलर पुगेको केन्द्रीय बैंकले जनाएको छ । एसबीपीका अनुसार देशमा कुल तरल विदेशी मुद्रा करिब १३.१ अर्ब डलर रहेको छ । सिन्ह्वा