बिहीबार, १० फागुन २०८०
DainikNepal.com
बिहीबार, १० फागुन २०८०

जनयुद्ध दिवसमा बागमतीले दिएको विदा अदालतद्वारा खारेज

दैनिक नेपाल २०८० फागुन १ गते ८:३१

हेटौंडा, १ फागुुन । मकवानपुरको बागमती गाउँपालिकाले जनयुद्ध दिवसका अवसरमा दिएको सार्वजनिक विदा उच्च अदालत पाटन हेटौंडा इजलासले खारेज गरिदिएको छ ।

सवोच्च अदालतको आदेश विपरित बागमती गाउँपालिकाले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो । उक्त निर्णयका विरुद्धमा अदालतमा दायर गरिएको रिट निवेदनमा सोमबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायधीश एमुना भट्टराईको एकल इजलासले गाउँपालिकाले दिएको विदा तत्कालका लागि कार्यन्वयन नगर्नु/नगराउनुभनी अन्तरिम आदेश दिएको हो ।

यो आदेशसँगै बागमती गाउँपालिका कार्यालयसहित यस पालिका भित्रका विभिन्न संघसंस्था विद्यालयहरु खोलेर सेवा दिनुपर्ने भएको छ ।

अदालतको आदेश विपरित गाउँपालिकाले जनयुद्ध दिवसका दिन दिएको विदा विधिको शासन विपरित भएकाले अदालतको अन्तरिम आदेश स्वागत योग्य रहेको अधिवक्ता मदनकुमार दाहाले बताउनुभयो ।

सवोच्च अदालतको आदेश र सूचना समेतलाई वेवास्ता गर्दै गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जनयुद्ध दिवसमा पालिकामा सार्वजनिक विदा दिने निर्णय गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित