
काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आजबाट सुरू हुँदैछ । नेपाल प्रज्ञा भवन, कमलादीमा उक्त अधिवेशन सुरू हुनेछ । अधिवेशन बिहान ११ बजे देखि बोलाइएको छ ।
जम्बो केन्द्रीय समिति निर्माण गरेको माओवादीले विधान अधिवेशनबाट १ सय ९९ सदस्सीय केन्द्रीय समिति बनाउने प्रस्ताव पेश गर्दैछ ।
गत शनिबार सम्पन्न स्थायी कमिटी बैठकले सो प्रस्ताव प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएको थियो । जसअनुसार आजबाट सुरू हुने विधान अधिवेशनमा १ सय ९९ सदस्सीय केन्द्रीय समितिको प्रस्ताव हुन लागेको हो ।
गत आइतबार र सोमबार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा केही समय अघि माओवादीले सञ्चालन गरेको रूपान्तरण अभियानका बारेमा समिक्षा गरेको थियो । सो अभियानले माओवादीलाई थप बलियो बनाएको जनाउँदै केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धनले पार्टीलाई घाटा भएको जनाउँदै पुनर्विचार गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
पार्टी अध्यक्ष प्रचण्डको सो प्रस्तावका बारेमा पनि विधान सम्मेलनमा समिक्षा हुने जनाइएको छ ।








प्रतिक्रिया