३ श्रावण २०८३, आइतबार

दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन हुुँदै

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुने भएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत विभिन्न गतिविधि गर्दै आएका प्रसाईंको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुन लागेको हो ।

राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाई राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह आउने भनेर प्रसाईंले प्रचार गरे पनि उहाँ भने नआउने हुनुभएको छ ।

साता दिनका लागि चितवन पुग्नुभएका पूर्वराजा नआउने भए पनि प्रसाईंको नेतृत्वमा आज भृकुटीमण्डपमा प्रदर्शन गर्न लागिएको हो ।