६ श्रावण २०८३, बुधबार

एमाले रौतहटको अध्यक्षमा साह विजयी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गरुडा, १ फागनु । नेकपा एमाले रौतहटको अध्यक्षमा सचिदानन्द साह विजयी हुनुभएको छ ।

सोमबार भएको निर्वाचनमा साहले कुल १९३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी अखिलेश्वर चौधरीले १७५ मत ल्याउनुभएको थियो ।

यस्तै उपाध्यक्षमा रुपेशकुमार पटेल निर्वाचित हुनुभएको छ । सचिवमा बाबुराम दाहाल निर्वाचित हुनुभएको छ भने उपसचिवमा अवधेशकुमार यादव विजयी हुनुभएको छ । उपसचिव महिलामा मुना लामिछाने निर्विरोध हुनुभएको छ ।

एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको हो ।