१७ असार २०८३, बुधबार

एमाले रौतहटको नेतृत्व चयनका लागि मतदान जारी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गरुडा, २९ माघ । नेकपा (एमाले) रौतहटको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

गरुडामा बिहान १० बजेबाट मतदान सुरु भएको हो । मतदान दिउँसो २ बजेसम्म जारी रहने निर्वाचन अधिकृत बालविक्रम कार्कीले जानकारी दिनुभयो ।

निर्वाचनमा कुल ४ सय २६ मतदाता रहेका छन् ।

दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि मतदान भएको हो ।

जिल्ला अध्यक्षका लागि अखिलेश्वर चौधरी र सचिवानन्द साहको उम्मेदवारी रहेको छ ।

यसैगरी उपाध्यक्षका लागि उपेन्द्रराय यादव, चन्दनकुमार कुशहवा, मनिलाल सहनी, रामआषिश साह, रुपेशकुमार पटेल र सुरेशकुमार राय यादव गरी ६ जनाको उम्मेदवारी रहेको छ ।

सचिवमा बाबुराम दाहाल र शिवप्रसाद आचार्यको उम्मेदवारी रहेको छ भने उपसचिवमा अवधेशकुमार यादव, अशोक पहाडी, कमलेशकुमार मिश्रा, फैजल अहमद र सोविन्द्र चौधरी गरी पाँचजनाको उम्मेदवारी छ ।