
काठमाडौं, २८ माघ । नेकपा (एमाले) उदयपुर-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा रीता थापा चयन हुनुभएको छ ।
शनिबार रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) प्रदर्शनीमार्ग, काठमाडौंमा सम्पर्क मञ्चको १४औं सम्मेलनबाट थापा सर्वसम्मत रुपमा अध्यक्ष चयन हुनुभएको हो । मञ्चको उपाध्यक्षमा खड्ग बहादुर मगर र श्याम कुमारी चौधरी चयन हुनुभएको छ ।
त्यस्तै सचिवमा होमप्रसाद डाँगी, सहसचिवमा दौलत बिक्रम राउत र प्रदिशा घिमिरे चयन हुनुभएको छ । त्यसैगरी कोषाध्यक्षमा लोकनाथ निरौला (गोपाल) चयन हुनुभएको छ ।
उमाकान्त चौधरीको अध्यक्षतामा भएको कार्यक्रम एमाले पोलिटब्युरो सदस्य मन्जु चौधरीको प्रमुख आतिथ्यतामा तथा कोशी प्रदेश कमिटी सदस्य एवं उदयपुर निर्वाचन क्षेत्र-२ सांसद अम्बर बहादुर रायमाझीको विशेष अतिथि आतिथ्यतामा सम्पन्न सम्पन्न भएको हो ।









प्रतिक्रिया