आइतबार, २० फागुन २०८०
DainikNepal.com
आइतबार, २० फागुन २०८०

पूर्णिमा लामा र देवराज आचार्यको ‘तिमी र म’ सार्वजनिक

दैनिक नेपाल २०८० माघ २७ गते १०:२२

काठमाडौं, २७ माघ । गायिका पूर्णिमा लामा र देवराज आचार्यको संयुक्त आवाजमा निकै नै मिठो आधुनिक गीति एल्बम ‘तिमी र म’ मात्र सार्वजनिक भएको छ ।

करिब पाँच सय गीतमा आवाज भरिसकेकी गायिका लामा र उदाउँदै गरेका देवराज आचार्यको संयुक्त आवाजमा ‘तिमी र म’ बोलको आधुनिक गीति एल्बम सार्वजनिक गरिएको हो । उक्त आधुनिक गीति एल्बममा वरिष्ठ संगीतकार शक्ति बल्लभको संगीत रहेको छ भने शब्द हिक्मत बुढाथोकी (प्रेम)को रहेको छ । जसमा संगीत संयोजन राकेस सोनीले गर्नुभएको हो ।

स्वयंम गायक देवराज आचार्य, मिना सुवेदी, गंगा देवी ढुंगानाको अभिनय रहेको उक्त गीतको भिडियोको छाया‌ङ्कन रेशम दर्लामीले गर्नुभएको हो भने दृश्य सम्पादन पदम सुवेदीले गर्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित