३१ जेष्ठ २०८३, आइतबार

बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, २७ माघ । सिरहाको गोलबजारबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गोलबजार नगरपालिका ४ का २१ वर्षिय रोहित दासलाई लुकिछिपी रहेको अवस्थामा शिवचौकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला सिरहा परिवर्तित नाम २०८०/०८१ गोलबजार ‘छ १’ ले दिएको जाहेरीको आधारमा दासलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी राजेन्द्र राज पाण्डेले जानकारी दिनुभयो ।

दासले गत मंसिर २८ गते १४ वर्षिया बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

प्रहरीले खोजीकै शिलशिलामा बिहीबार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक सुनिल कार्कीले जानकारी दिनुभयो । पक्राउ परेका दासलाई आवश्यक अनुसन्धानको लागि शुक्रबार जिल्ला अदालत सिरहाबाट पाँँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कार्कीले जनाउनुभयो ।