४ असार २०८३, बिहिबार

हेटौंडामा नवजात शिशु मृत फेला

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २७ माघ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नवजात शिशु मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो हेटौंडा–११ नवलपुरमा रहेको उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्था नजिकै बेवारिसे अवस्थामा शिशु मृत फेला परेको हो ।

प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले भर्खरै जन्मेकोजस्तो देखिने मृतक शिशु फेला परेको जानकारी दिनुभयो । शिशुको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाको आवश्यक अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।