
काठमाडौं, २६ माघ । नेपाल प्रहरीका १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को काज सरुवा भएको छ ।
उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै जनपद प्रहरी समूहतर्फका एसएसपीको काज सरुवा गर्नुभएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्तासमेत रहनुभएका राजेन्द्रप्रसाद भट्टको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज) मा सरुवा भएको छ ।
त्यहाँ कार्यरत सुशिलसिंह राठौरको कोशी प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा बिराटनगर, मोरङ (काज भने नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौं) भएको छ ।








प्रतिक्रिया