
काठमाडौं, २६ माघ । नेकपा (माओवादी केन्द्र) ले कांग्रेसका नेताहरुले सरकार परिवर्तनको विषयलाई लिएर बाहिर भनेजस्तो समस्या गठबन्धनभित्र नभएको स्पष्ट पारेको छ ।
शुक्रबार पार्टी कार्यलय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठको निर्णय सुनाउँदै पार्टीका प्रवक्ता अग्नी प्रसाद सापकोटाले कांग्रेसका नेताहरुले सरकार परिवर्तनलाई लिएर जे जस्तो धारणा राखेता पनि अहिले गठबन्धनमा कुनै समस्या नभएको प्रष्ट पार्नुभयो । उहाँले गठबन्धन पाँचै वर्ष टिक्ने दाबी पनि गर्नुभयो ।
उहाँले भन्नुभयो,‘कांग्रेसका कतिपय नेताहरुले के–के भन्छन् भनेर त्यसको हिसाब किताब राखेर साध्य छैन् । अहिले गठबन्धनमा कुनै समस्या छैन् । यो गठबन्धन जान्छ पाँचै वर्ष जान्छ ।’ त्यस्तै बैठकमा विधान सम्बन्धि छलफल सुरु भएको पनि उहाँले जानकारी दिनुभयो । मस्यौदा कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको र सो प्रतिवेदनमाथि छलफल सुरु भएको उहाँले बताउनुभएको छ ।
‘बैठकमा सबभन्दा पहिला विधान मस्यौदा कार्यदलको संयोजक उपाध्यक्ष पम्फा भूषालले छलफलका लागि धारणा राख्नुभयो । त्यसपछि महासचिवले राख्नुभयो र उपमहासचिवहरु र त्यसबाहेक स्थायी कमिटी सदस्यले धारणा राख्नुभयो,’ सापकोटाले भन्नुभयो ।








प्रतिक्रिया