२६ असार २०८३, शुक्रबार

कोशीमा मन्त्रिमण्डल विस्तार, चार मन्त्री र दुईजना राज्यमन्त्री नियुक्त

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले आज चारजना मन्त्री र दुईजना राज्यमन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले सपथ गराउनुभएको छ ।

स्वास्थ्य मन्त्रालयमा प्रदीपकुमार सुनुवार, उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालयमा नारायण बुर्जामगर, सामाजिक विकास मन्त्रीमा राजेन्द्र कार्की, आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा सुनिताकुमारी राम नियुक्त हुनु भएको हो ।

योसँगै प्रदेश मन्त्रिपरिषद सदस्यको संख्या १० पुगेको छ।

मन्त्रिपरिषदमा अब कांग्रेसबाट मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री, माओवादीबाट तीन मन्त्री र एकीकृत समाजवादीबाट एक जना मन्त्रीको प्रतिनिधित्व रहनेछ।