आइतबार, २० फागुन २०८०
DainikNepal.com
आइतबार, २० फागुन २०८०

‘लाल सलाम’मा रजनीकान्तको एक मिनेटको पारिश्रमिक १ करोड !

दैनिक नेपाल २०८० माघ २६ गते १५:३८

मुम्बई, २६ माघ । फिल्म ‘जेलर’को बम्पर सफलतापछि कलिउड सुपरस्टार रजनीकान्त पुन: एकपटक फ्यानलाई मनोरन्जन गर्न थिएटरमा पुग्नुभएको छ ।

७३ वर्षको उमेरमा पनि ‘थलाइवा’ को जादु दर्शकका लागि प्रतिक्षा बनिरहन्छ । उहाँ नयाँ फिल्म ‘लाल सलाम’ का साथ शुक्रबारबाट थिएटरमा पुग्नुभएको हो । यो फिल्म हेर्न दर्शकको उपस्थिति उल्लेख्य छ । दर्शकले फिल्मलाई पूर्ण नम्बर दिएर तारिफ गरिरहेका छन् ।

यतिबेला फिल्म वृत्तमा फिल्मको चर्चा सँगै रजनीकान्तको पारिश्रमिकको चर्चा पनि व्यापक छ । समाचार अनुसार रजनीकान्तले यो फिल्मका लागि प्रति मिनेट १ करोड रुपैयाँ पारिश्रमिक लिनुभएको छ । फिल्ममा उहाँको ‘एक्सटेन्डेड केमियो’ छ ।

रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तको निर्देशनमा बनेको यो फिल्ममा रजनीकान्तको ४० मिनेट ‘एक्सटेन्डेड केमियो’ छ । यो हिसाबले उहाँले फिल्ममा केमियो भूमिकाकै लागि ४० करोड रुपैंयाँ पारिश्रमिक लिनुभएको छ ।

रजनीकान्त कलिउडका टप पेड एक्टर हुनुहुन्छ । उहाँ एक फिल्मका लागि १ सय करोड देखि १ सय ५० करोड रुपैंयाँसम्म पारिश्रमिक बुझ्नुहुन्छ ।

उहाँले लोकेश कनगराजको नयाँ फिल्मका लागि २ सय ५० करोड पारिश्रमिक लिने तयारी गरिरहनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित