१ असार २०८३, सोमबार

लक्की मिडिया हाउसद्वारा ‘हात्तीछाप’को रेड कार्पेट प्रिमियर शो

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २६ माघ । मिडिया लक्की मिडिया हाउस चितवनले नेपाली कथानक चलचित्र ‘हात्तीछाप’को द जिएमआई रेड कार्पेट प्रिमियर शो गरेको छ ।

मिडिया हाउसले भरतपुरको चितवन सिनेप्लेक्स (सिजी मल)मा चलचित्रको रेड कार्पेट प्रिमियर शो गरेको हो । सो कार्यक्रमलाई द जिएमआई एकेडेमीले मुख्य प्रायोजन गरेको थियो ।

कार्यक्रममा आयोजक लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र प्रचारका लागि काठमाडौं बाहिरको एक मात्र संस्थाको रुपमा लक्की मिडिया हाउस चितवन स्थापित हुँदै गएको बताउनुभयो ।

मिडिया हाउसले नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र प्रचारका लागि चर्चित कलाकारहरुको साथमा पत्रकार सम्मेलन, रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो गर्दै आइरहेको कार्कीको भनाइ छ । लक्की मिडिया हाउसले विभिन्न विधामा सम्मान कार्यक्रम, विभिन्न गायन, नृत्य प्रतियोगिता साथै मिडियाले प्रत्येक वर्ष लक्की फिल्मी अवार्ड कार्यक्रम गर्दै आएको कार्कीले बताउनुभयो ।

मिडिया हाउसकै आयोजनामा आगामी २०८१ असार ८ गते भरतपुरमै लक्की फिल्मी अवार्डको अर्को संस्करण गर्ने तयारी गरिरहेको कार्कीले जानकारी दिनुभयो ।

चलचित्र हात्तीछापको द जिएमआई रेड कार्पेट प्रिमियर शो लक्की मिडिया हाउस चितवनका सल्लाहर वरिष्ठ समाजसेवी हेमराज पौडेलको अध्यक्षतामा भएको थियो ।

लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले संयोजन गरेको कार्यक्रममा चलचित्र हात्तीछापका निर्माता तथा अभिनेता किरण नेपाली, चलचित्र ‘हात्तीछाप’ का कलाकार तथा निर्माता पुष्कर गुरुङ, चर्चित अभिनेता सौगात मल्ल, चलचित्र हात्तीछापका अभिनेता विनोद न्यौपाने, चर्चित अभिनेत्री उपासना सिंह ठकुरी, द जिएमआई एकेडेमीका प्रमुख कार्यकारी निर्देशक महेश लामिछने लगायतका अतिथिहरु उपस्थित रहनुभएको थियो ।